दफा ३८०
खेती गर्नको लागि बाटो वा निकास दिनु पर्ने

(१) कुनै व्यक्तिको खेती गर्ने जग्गामा मानिस वा खेती गर्नको लागि प्रयोग हुने जनावर आउने जाने बाटो वा निकास रहेनछ र निजलाई त्यस्तो बाटो वा निकास चाहिने भएमा सम्बन्धित जग्गाको स्वामित्ववालाले त्यस्तो व्यक्तिलाई बाटो वा निकासको सुविधा दिनु पर्नेछ । तर घर कम्पाउन्डको जग्गाबाट त्यस्तो बाटो वा निकास दिन कुनै पनि व्यक्ति बाध्य हुनेछैन ।
(२) उपदफा (१) बमोजिम बाटो वा निकास प्रयोग गर्ने व्यक्तिले बाटो वा निकास दिने व्यक्तिको जग्गाको बाली वा अन्य सम्पत्ति हानि, नोक्सानी नहुने गरी बाटो वा निकास प्रयोग गर्नु पर्नेछ ।